पूर्व क्लब सदस्यलाई गण्डकी स्पोर्टस क्लबकाे सम्मान
पाेखरा | मंसिर २३, २०८०
पोखरा: गण्डकी स्पोर्टस क्लबले आफना तीन जना पूर्व क्लब सदस्यसदलाई आज विशेष सम्मान गरेको छ ।
क्लबले गर्दै आएको गतिविधिमा आर्थिक सहयोग जुटाएका क्लबका पुर्व फुटबल खेलाडी पारस कुँवर,सचिन बाटाजू र दिपेश श्रेष्ठलाई विशेष सम्मान गरिएको हो ।
हिजाे आयोजित बनभोज कार्यक्रमको अवसरमा क्लबका अध्यक्ष उमेश सिकेले खादा लगाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
बनभोज कार्यक्रममा क्लबले आफनो वार्षिक गतिविधि सहित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो ।
पोखराकै पुरानो मध्येको गण्डकी स्पोर्टस क्लब लामो समय खेलकुद गतिविधिबाट टाढा रहेको थियो । उमेश सिकेकै अध्यक्षतामा फेरी क्लबले जीवन्तता पाएको छ।
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रत...
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...
पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’’ भन्ने मूल नाराका साथ लेखनाथमा सञ्चालित २१ औं संस्करणको लेखनाथ महोत्सव ११ करोड बढिको कारोबार गर्दै सोमबार सम्...

